शिक्षा समिति अध्यक्षको विद्यालयमा तालाबन्दी



सल्यान
जिल्ला शिक्षा समितिका अध्यक्षले नै अनुमती भन्दा बढि कक्षा भएको विद्यालय संचालन गरेको भन्दै उनको विद्यालयमा तालाबन्दी भएको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका केश बहादुर विष्टले छत्रेश्वरी ३ दारिमज्युलामा अनुमती लिएका कक्षा भन्दा बढि कक्षा चलाइरहेको भन्दै तालाबन्दी गरेको अखिल क्रान्तिकारीले जनाएको हो ।
कक्षा ३ सम्मको अनुमति लिएर धर्मभुमि बोर्डिङ्ग स्कुलका नाममा ६ कक्षा सम्म संचालन गरिरहेको क्रान्तिकारीले विज्ञप्तीमा जनाएको छ । क्रान्तिकारीले जिल्लामा अरुलेपनि अनुमती विना कक्षा तथा विद्यालय नै संचालन गरेको भन्दै त्यसका विरुद्ध आफुहरु लागि पर्ने जनाएको हो ।
संगठनका जिल्ला अध्यक्ष चेतन गिरीले आफुहरुले जिल्लाभरि कसले कती अनुमती लिएर कति कक्षा संचालन गरेको त्यसको पुरै जानकारी भएको र सबैभन्दा पहिला शिक्षा समितिका अध्यक्षको स्कुललाइ नै तालाबन्दिमा पारेको बताएका छन । पत्रकारहरुसंग उनले अव अन्यमा पनि यो अभियान चलाइने बताएका हुन ।

यसबारेमा संचालक भनेर विज्ञप्तीमा उल्लेख गरिएका जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्टलाई सम्पर्क गर्दा उनको फोन लागेन ।

यता जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले यसबारेमा आफुले बुझेर मात्रै बोल्ने भन्दै आफुले मात्रै केहि गर्न नसक्ने बताएका छन । बरु यस्ता गतिविधि भएका भए आफुलाई सहयोग गर्न पत्रकार तथा अन्य सामाजिक संघ संगठनको आवश्यकता भएको औल्याएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्