सैघाली खबर
काठमाडौं, २३ फागुन
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको हो ।
साँझ ६ बजेदेखि बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिका विभिन्न आकांक्षीको नाममा चर्चा भए पनि अन्तिममा भण्डारीलाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो ।बालुवाटार बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवारले सजिलै विजयी हुने अवस्था छ । उपराष्ट्रपतिमा माओवादी केन्द्रले उम्मेदवार तोक्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।