राष्ट्रपतिको उम्मेद्वार बारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै



सैघाली खबर
काठमाडौं, २३ फागुन

राष्ट्रपतिको उम्मेद्वार बारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले केहिबरेमा बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विहान ९ बजेका लागि बोलाईएको बैठकले राष्ट्रपतिमा कांग्रसले उम्मेद्वारी दिने कि नदिने भन्ने विषयमा छलफल गर्नेछ ।

एमालेले वर्तमान राष्ट्रपति भण्डारीलाई नै उम्मेद्वार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि उम्मेद्वारी दिने तयारी गरिरहेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । राष्ट्रिय सभामा सरकारबाट मनोनयन हुने तीन सदस्यको विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले यस्तो निर्णय लिन लागेको नेताहरुले बताएका छन् ।

कांग्रेसले मानबहादुर विश्वकर्मा वा लक्ष्मी राईमध्ये एक जनालाई अघि सार्ने सम्भावना रहेको बताइएको छ  । दलित तथा जनजाति मध्यबाटै उम्मदेवार बनाएमा सकारात्मक सन्देश जाने भन्दै उनीहरूको नाम चर्चामा आएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्