सैघाली खबर
दाङ, २३ फागुन
समय पनि बडो बिचित्रको छ प्रकृतिले हरेकलाई सबथोक दिएको हुदैन र हुदैन पनि कोही सङ रुप योबनको घमण्ड छ भने कोही सङ धन घमण्ड छ बलको अहंकार छ भने कोही सत्ता शक्तितर कुर्सीको घमण्ड छ तैपनि ती सबै केही क्षणिक आनन्द मात्र हुन वास्तवमा दीर्घकाल सम्म प्राप्ति हुने आनन्द भनेको मानवीय मनको सन्तुष्टी मात्र हो तर मन नै अस्थिर र चारैतिर भोतारियो भने त्यसको के अर्थ रु हो तन र मनको धेरै फरक छ तनका दुखिका दुख क्षणिक होला तर मनको दुख तर मनको दुख भनेको ज्यादै गहिरो पो हुन्छ तर यहाँ यस्तै अपाङ्ग रोगीको शिकार भएका ब्यक्तिको बारेमा चित्रण गर्न खोजेको छ ।
उहाँ हुनुहुन्छ दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ सरस्वती टोल काथेकोल स्कुल पछाडि भाडामा बस्ने महवीर रोका अहिलेसम्म ४६ बर्षका भए महबिरको १ छोरा १ छोरी घरको आर्थिक स्थिति ज्यादै नाजुक भएको बताउदै महबिर बिगत ९ बर्ष देखि आफू अपाङ्ग बिमारी भएर ज्यादै दुख पाएको बताउनुहुन्छ । ट्रकमा समान अनलोड गर्दा समानले च्यापेर मेरो खुट्टा भाचियो म बेहोस भए मेरो होस अस्पतालमा खुलेयो अनि मलाई बल्ल मलाई थाहा भो कि मेरो खुट्टा भाचिएको रैछ भनेर तेती बेला म सङ पैसा भएको भए मेरो खुट्टा जोडिन थियो होला पैसा न भएर मेरो खुट्टाको राम्रो सङ उपचार पनि हुन सकिन आज भोलि हरेकको घरमा घर घरमा दैलोमा गएर चंदा लिनुपर्ने आफ्नो बध्यताब भएको बताउनु हुन्छ ।
७ कक्षा सम्म अध्ययन गरेका बताउदै महबिरले आफ्नो यही दुरावस्थाकै कारण र घरको दनिय आर्थिक अवस्थाले गर्दा श्रीमती र छोराले आफुलाई छोडेर गएको बताउदै अहिलेसम्म १२ बर्षको छोरीले आफ्नो गु मुत सफा गर्ने र हेरचार गर्ने गरेको दुखेसो पोखे आफ्नो यो अबस्थालाई सहयोगी हातहरुले बुझिदिएर औषधी उपचार गरिदिए आफुले देउताको दर्जा दिने बताउनु हुन्छ ।
शाशिरिक रुपले पनि काम गर्न असमर्थ भएकोले जति सकियो चाडो आफ्नो उपचार हुनसक्यो भने सानो तिनो पेशा व्यावसाय गरेर बस्ने पनि उहाँको सोच रहेको छ । करिब ६ लाख रुपैया जति खर्च लाग्छ लाग्छ भनेर डाक्टरले भनेका छ्न र औषधी उपचारको लागि काठमाडौंमा नै जानुपर्ने भएकोले सबैले पहल गरिदिन पनि यस पत्रिकामा मार्फत उहाँले अनुरोध गर्नु भएको छ ।
उहाँको अबस्था लाई मध्यनजर गर्दै तपाईहरुले सक्दो रकम उहाँको खुट्टाको उपचारको लागि सहयोग गरेमा तपाईंको सानो सहयोगले पनि कसैको जीवनदान हुन सक्छ । तसर्थ सेवा नै धर्म हो भन्ने कथनलाई हामीले कहिले भुल्ने छैनो भन्ने अपिक्षा सहित उहालाई सहयोग गर्न चाहेमा हाम्रो यस पत्रिका मार्फत आएर दिए पनि या उहाँकै मोबाइल ९८०६२७८८४२ नम्बरमा फोन गरेर सहयोग गर्न सक्नु हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।