अपाङ्ग मैत्री छैनन् दाङका शौचालय



 

दिपक बोहरा, दाङ २३ फागुन ।

तुलसीपुर ७ माबि कालाखोलामा २५ जना शारिरीक अपाङ्ता भएका बिद्यार्थीहरु छन् । तर उनीहरुका लागि अपाङ्ग मैत्री शौचालय छैन् । अपाङ्गमैत्री शौचालय नहुँदा ती बिद्यार्थीहरुलाई शिक्षकहरुले नै बोकेर शाौचालय लिने गरेका छन् । अपाङ्ग मैत्री शौचालय नहुँदा अहिले शिक्षकले नै बिद्यार्थीलाई बोकेर शौचालय लैजाने गरेको माबि कालाखोलाका प्रधानाध्यापक राझिब ओझाले बताए । ‘अपाङ्ग मैत्री शौचालय छैन्, उनले भने ‘अहिले शिक्षकहरुले बोकेर शौचालय बाहिर, भित्र गराउने गरेका छौं ।’

माबि कालाखोला मात्रै होईन्, अहिले दाङका कुनै पनि बिद्यालयमा अपाङ्ग मैत्री शाौचालय छैनन् । जसले गर्दा अपाङ्गता भएका बिद्यार्थीहरुलाई शौंच गर्न समस्या हुने गरेको छ । अपाङ्ग मैत्री शौचालय नहुँदा आफुहरुलाई समस्या हुने गरेको अपाङ्गता भएका बिद्यार्थीहरुले गुनासो गरेका छन् । ‘अपाङ्ग मैत्री शौचालय नहुँदा दिशापिसाब गर्न समस्या हुन्छ’ उनीहरुले भने ‘ जसले गर्दा हामीहरुको पढाई पनि प्रभाबित हुने गर्छ ।’

अहिल दाङमा करिब चार सय भन्दा बढी अपाङ्गता भएका बिद्यार्थीहरुले पठन पाठन गरिरहेका छन् । तर अपाङगता भएका बिद्यार्थीहरुका लागि कुनै पनि बिद्यालयमा अपाङ्ग मैत्री शौचालय निर्माण नभएको जिल्ला शिक्षा कार्यालय दाङका लेखाजोखा संयोजक जिबि चिन्तनले बताए । ‘दाङमा चारसय भन्दा बढी अपाङ्गता भएका बिद्यार्थीहरुले पठन पाठन गरिरहेका छन्’ उनले भने ‘ तर अहिले सम्म कुनै पनि बिद्यालयमा अपाङ्गमैत्री संरचना निर्माण भएको छैन् ।’

अपाङ्ग मैत्री शौचालय निर्माण नुहँदा शारिरीक अपाङ्गता भाएका बिद्यार्थीहरुलाई शौचालय लैजान र ल्याउन समस्या हुने गरेको उनले बताए । अपाङ्ग मैत्री शौचालय नहुँदा शारिरीक अपाङ्गता भएका बिद्यार्थीहरु बिद्यालय आउन नमान्ने गरेको उनले बताए । अपाङ्गता भएका बिद्यार्थीहरु शारिरीक रुपमा अपाङ्गता भएपनि मानसिक रुपमा अपाङ्गता नभएको भन्दै उनीहरुलाई अपाङ्ग बिद्यालयमा अपाङ्ग मैत्री संरचना निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

अब स्थानीय तहले सबै अपाङ्गता भएका बिद्यार्थीहरुका लागि एउटै बिद्यालय निर्माण गर्न पहल थाल्नु पर्ने दाङका शिक्षा अधिकारी रमेश मैनालीले बताए । ‘जिल्लाभरका सबै अपाङगता भएका बिद्यार्थीहरुलाई एकै ठाउमा अपाङग मैत्री संरचना बनाएर पठन पाठन गराउनु पर्छ’ उनले भने ‘ त्यस्तो गर्न सकियो भने अपाङ्ग मैत्री संरचना निर्माण पनि हुन्छ र बिद्यार्थीहरुलाई पठन पाठन गर्न पनि सहज हुन्छ ।’

त्यसका लागि आबासिय रुपमा अपाङ्गता भएका बिद्यार्थीहरुलाई एउटै ठाउमा राख्न सकिने उनको भनाई थियो । अपाङ् मैत्री शौचालय नहुँदा बिद्यालय प्रति अपाङ्गता भएका बिद्यार्थीहरुको आर्कषण घट्ने गरेको उनको भनाई छ । नयाँ बन्न लागेका केही शौचालयमा अपाङ्ग मैत्री शौचालय निर्माण गर्न शुरु गरेको भएपनि अहिले सम्म कुनै पनि बिद्यालयमा अपाङग मैत्री शौचालय निर्माण हुन नसकेको उनको भनाई छ ।

अहिले सबै अधिकार स्थानीय तहमा गएको भन्दै स्थानीय तहले अपाङ्गता भएका बालबालिकाहरुका लागि बिशेष पहल गर्नुपर्ने तर्क गरे । ‘सबै अधिकार स्थानीय तहमा गईसकेको छ’ उनले भने ‘ अब स्थानीय तहले अपाङ्गता भएका बिद्यार्थीहरुको शिक्षाका लागि बिशेष सोँच्नु पर्छ ।’ अपाङगता भएका बिद्यार्थीहरु शारिरीक अपाङग भएपनि मानसिक अपाङ्ग नभएको भन्दै सहज शिक्षा दिन सकेमा उनीहरुले आफ्नो खुट्टामा आफै उभिन सक्ने बताए । तर समयमा उचित शिक्षा नपाउने हो भने उनीहरुको भबिष्य अन्यौलमा पर्ने भन्दै बेलैमा सोँच्न जरुरी रहेको उनको तर्क छ ।

 

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्