सैघाली खबर,
हापुरे, २३ फागुन
बबई गाउँपालीकाका उपाध्यक्ष साबित्रा बिस्वकर्माको अघुवाईमा आज बबई गाउँपालीकाको केन्द्र हापुरे बजारमा सरसफाई गरीएको छ । यही फागुन २४ गते आर्थिक ससक्तिकरण सहितको सामाजिक जागरण ग्रामिन तथा सहरी महिलाको जिबन स्तरमा रुपान्त्ररण भन्ने मुलनाराका साथ मनाउन लागीएको अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै आज बबई गाउँपालीकाको केन्द्र हापुरे बजार र आसपासका बजार क्षेत्रमा सरसफाई गरीएको हो ।
भोली २४ गते नारी दिबस परेको र दिबसको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरीएकाले कार्यक्रमलाई सफल बनाउन र बजार क्षत्रलाई सफा बनाउने उद्देश्यले सरसफाई गरीएकोे बबई गाउँपालीका उपाध्यक्ष साबित्रा बिस्वकर्माले जानकारी दिनुभएको छ । आफु बस्ने ठाँउ सफा भएमात्र आफ्नो दैनिक जिबन सरल र सरिर स्वस्थ हुने र सरिर स्वस्थ भएमात्र अन्य क्रियाकलापमा सक्रिय बन्न सकिने भन्दै सरसफाई कार्यमा सरिक भएकालाई धन्यबाद दिनु भएको छ । यसका साथै उहाँले बिशेष बेलामा मात्र नभई प्रत्यक सनिबार सरसफाई कार्यक्रम गरी स्वच्छ बातारण बनाउनमा आफु लागी पर्ने पनि बताउनु भएको छ ।उहाँले भोली २४ गते बबई गाउँपालीकाको आयोजनामा हुन लागेको नारी दिबस बिसेस कार्यक्रममा उपस्थित भईदिन पनि अनुरोध गर्नु भएको छ । नारी दिबसको अबसरमा हुन लागेको लोक गित तथा कबिता प्रतियोतामा पनि महिलाहरु को सक्रिय सहभागीताको अपेक्षा गरेको बताउनु भएको छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।