सडक दुर्घटनामा परी दुई जना ब्यक्ति गम्भिर



सैघाली खबर,
घोराही २३ फागुन।
आज बिहान सडक दुर्घटनामा परी २जना ब्यक्ति गम्भिर घाईते भएका छन् ।
मोटरसाइकलमा सवार २ब्यक्तिहरु एक आपसमा ठोक्किदा उक्त दुर्घटना भयको हो । आज बिहान १०बजे घोराही उपमहानगरपालिका नेपाल परिवार नियोजन संघको अगाडी रा३प ९२९२ नम्बरको मोटरसाइकलमा सवार घोराही निबासी क्रिस श्रेष्ठ र लु३१प ९९७० नम्बरको मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका १५का बिष्णु चौधरी गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
घाईते दुबैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागी कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्