महाराजगन्जमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)



महाराजगन्ज , पुष २३ कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य को अध्यक्षता र महाराजगन्ज नगरपालिका  नगर प्रमुख अब्दुल कलाम खान को अध्यक्षतामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।

सार्वजनिक सुनवाइ कार्यक्रममा शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात , विद्यार्थी लगायतकाले विषयमा सरोकार बालाहरूसँग छलफल भएको हाे । सार्वजनिक साधारणहरूको समस्याहरूलाई जनप्रतिनिधिहरूले कुन र कस्तो प्रकार बाट समाधान गरिन्छ भन्ने विषयमा पनि छलफल भएको हा ।

प्रमुख अतिथ्यता महाराजगन्ज नगरपालिका  नगर प्रमुख अब्दुल कलाम खानले काम गर्ने शैलीमा के कमी छ , कर्मचारीहरूले सेवाग्राहीहरूलाई कस्तो व्यवहार गर्नु हुन्छ , नराम्रो शब्दको प्रयोग गर्छन् कि नाइँ , कुनै ठाउँमा भ्रष्टाचार भएको छ कि नाइँ , नगरपालिका भित्र के कति कमीकमजोरी रहेको छ ।

त्यो सबैले मिलेर समस्याको समाधान गर्नु पर्छ । विशिष्ट अतिथि प्रमुख नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले स्वास्थ्य , शिक्षा , विद्यालय , बाटो लगायत अन्य क्षेत्रहररुमा पहिलेको तुलनामा अहिले परिवर्तन भएको छ तर सबै राम्रो पनि भएको छैन , जहाँ कमीकमजोरी रहेको छ त्यहाँ सुधार गरेर अगाडि बढ्नु पर्छ । सार्वजनिक सुनवाइ कार्यक्रम नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको आयोजना र महाराजगन्ज नगरपालिकाको सहकार्यमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा महाराजगन्ज नगरपालिका  नगर प्रमुख अब्दुल कलाम खान , प्रशासकीय अधिकृत वेद प्रसाद खरेल , नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य , मनीष कार्की , सबैभन्दा वडाका अध्यक्षहरू , सदस्यहरू , विद्यार्थी नेता अभिषेक मणि यादव , युवा समाजसेवी इन्द्रराम यादव , संचारकर्मी लगायत अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम संचालन संगीता भुसालले गरेकी थिन ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्