प्रदेश ६

प्रवास रहेका नेपालीहरुका साझा माग सम्बाेधन गर्न नेपाली जनसम्पर्क समिती द्वारा : कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई ज्ञापन पत्र हस्तान्तरण 

By Thaha - Online

January 08, 2022

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतबाट फर्केका कर्णालीवासीलाई रोजगार, सिपमूलक तालिम, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन, प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मतदानको वातावरण मिलाउन, कर्णालीका युवाहरूलाई विदेश जानबाट रोक्नका लागि युवा लक्षित कार्यक्रम ल्याउन, भारतमा रहेका र जाने कर्णालीका युवाहरूको तथ्याङ्क राख्ने लगायतका नौ बुँदे माग मुख्यमन्त्री शाहीलाई बुझाएका छन्।

नेपाली जन सम्पर्क समिति भारत का अध्यक्ष वालकृष्ण पाण्डे,नेपाली जन सम्पर्क समिति दक्षिण भारत क्षेत्र का माहासचिव,एवम कर्णाली प्रदेश महाधिवेशन प्रतिनिधि बिमलराज बिष्ट , शाखा अध्यक्ष रजन पूरा महतारा र राेहित गिरी लगायतका नेताले मुख्यमन्त्री शाही लाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।