महिला स्वस्थ भए घर परीवार समुदाय स्वस्थ हुन्छ



समिक्षा गाहा,
घोराही २३ फागुन।

महिलाको स्वास्थ्यमा परीवारको चासो बिषयमा सकल्प महिला सञ्चार सस्थाले नारी दिबशको अबसर पारेर आयोजना गरेको अन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमकी प्रमुख बक्ता परिवार नियोजन संघ की स्टार्फ नर्स सरीता तामाङले स्वास्थमा परीवारको चासो अत्यन्तै महत्वपुर्ण रहेको बताउनु भयो। २० बर्ष पारी बिहेवारी सिद्धान्तलाई सबै परीवारले मध्यनजर गर्नु पर्ने बताउनु भयो ,।

परीवारले हाम्रो स्वास्थका बारेमा धेरै कुरामा ध्यान दिनु पर्ने भन्दै महिला स्वस्थ भइन भने सम्पुर्ण परीवार समुदाय र राष्ट्र स्वस्थ हुने कुरा ब्यक्त गर्नु भयो, बिहे गरेपछि कम्तिमा पनि ३ बषर््ाको अन्तरमा बच्चा जन्माउदा स्वास्थको दृष्टिकोणले उपयुक्त हुने पनि बताउनु भयो। यस्तै कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालीकाकी उपमेयर सिता न्यौपानेले हामी महिलाले आफ्नो हक अधिकारको बारेमा आवाज उठायौ तर आफ्नो स्वास्थ्यका बारेमा आवाज उठाएनौ जसले गर्दा अझै पनि कयौ दिदि बैनीहरुले अकालमै ज्यान गुमाउनु परीरहेका तर्क राख्नु भयो।

अब भोलीका दिनमा यस्तो घटनालाई रोक्न अबका दिनमा सकारात्मक कदम चाल्नु पर्ने भन्दै उहाले यस्ता खाले कार्यक्रमहरु गर्दा महिला मात्र नभइ पुरुष सग सगंै सहकार्य र छलफल गर्नु पर्ने पनि बताउनु भयो।

जसले गर्दा महिलाको स्वास्थका समूया कठिनायका बारेमा पुरुषलाई पनि जान्ने मौका हुन्छ साथै जसले गर्दा महिलालाई सहयोग हुने बताृनु भयो, ।

बिद्यालय क्षेत्र बाट नै स्स्वास्थमा ध्यान दिने खालका कार्यक्रमहरु तथा अभिभाबक सगं अन्तरकृया कार्यक्रम गर्दा परीवारले छोरी बुहारी श्रिमती सबैको स्वास्थमा होसीयारी अपनाउने बाताबरण सृजर्ना हुने बताउनु भयो। कतिपय महिलाहरुको आर्थीक स्थिती अभाबका कारण स्वास्थमा समस्या पनि भएको हुन सक्छ तसर्थ महिलाको नियमित चेकअपका लागी सरकारले ब्यवस्था गर्नु पर्नृेृ कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन। महिला स्वास्थ्य समस्याका बारेमा सधै प्रुष सगै हातेमालो गर्नू पर्नै पनि बताएका थिए।

नेपाल पत्रकार महासघीकी उपाध्यक्ष एबम सकल्प महिला सञ्चार सस्थाकी अध्यक्ष लिला शाहको अध्यक्षता घोराही उपमहानगरपालीका उपमेयर सिता न्यौपानेको प्रमुख आतिथ्यता एबम परीवार नियोजनकी सीता तामाङको प्रमुख बक्तामा भएको कार्यक्रमको सहजिकरण सकल्प महिला सञ्चार सस्थाकी सचिब माया प्रोखेलले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्