दुर्घटना

दाङमा मोटरसाइकल र पिकप ठोक्किँदा तीन जना गम्भीर घाइते !

By Thah Online

January 08, 2022

दाङ । दाङमा मोटरसाइकल र पिकप गाडीले  एक आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भयका छन् । 

तुल्सिपुर बाट पश्चिम तर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट आउँदै गरेको लु १ च ४९६७ नम्बरको जिप  तुल्सिपुर उपमहानगरपालिका  वडा नम्बर ८ स्थित भमके खोला पुल नजिकै आपसमा ठक्कर खादा दुर्घटना भयको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय राम जलन चौधरि,सोही मोटरसाइकलमा पछाडि सवार ९ वर्षीय आर्जित चौधरी र आरुश चौधरी गम्भीर घाइते भयका  छन् । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा पठाइएको छ।

 ठक्कर दिने पिकप  र पिकप चालक तुल्सिपुर उपमहानगरपालिका  वडा नम्बर १० बस्ने ३४ वर्षीय हिरामनी चौधरी लाई इलाका प्रहरी कार्यालय तुल्सिपुरले नियन्त्रणमा लि सकेको बागर प्रहरी चौउखिका ट्राफिक प्रहरी जवान वसन्त ढकालले जानकारी दिनुभएको छ।