सैघाली खबर,
काठमाडौं २३ फागुन। राष्ट्रपतिका दुइ उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् ।सत्तारूढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा भण्डारीले दोस्रो पटक संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट कुमारी लक्ष्मि रार्इले उम्मेद्वारी दर्ता गरेकी छिन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।