दिपक बोहरा
दाङ २३फागुन । तुलसीपुरमा बिच गेम प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहाननगरपालिकाले आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरेका हुन् । खेलको उद्घाटन गर्दै प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले राष्ट्रलाई चिनाउन खेलको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।
खेल क्षेत्रबाट नै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको झण्डा फहराउन सकिने उनले बताए । साथै खेलले मानब स्वास्थ्यसंगै पर्यटन पर्बद्धनमा पनि टेवा पु¥याउने भन्दै प्रदेशमै पहिलो पटक यस्तो खेलको आयोजना गर्नु सकारात्मक भएको बताए । बबई नदीमा बिच गेमको आयोजना गर्नु यस क्षेत्रको बिकासमा पनि टेवा पु¥याउनु रहेको मन्त्री पोख्रेलले बताए । उनले भने ‘यस खेलले यस क्षेत्रको पर्यटनसंगै बिकास निर्माणमा पनि टेवा पु¥याउछ ।’ उनले दाङमा खेलको हबको रुपमा बिकास गर्न सकिने समेत बताए । हावापानी, भौगोलिक दृष्ठिले पनि दाङ प्रदेशकै खेलकुदको हब बन्न सक्ने बताए । ‘दाङमा समतल भुभाग छ, हावापानी पनि सुहाउदो छ’ उनले भने ‘ जसले गर्दा पनि दाङ खेलकुद क्षेत्रकै हब बन्न सक्छ ।’
उनले फरक प्रशंगमा अहिले प्रदेश नंबर पाँचले स्थानीय जनप्रतिनिधको पारिश्रमीक तोक्ने कामलाई सम्पन्न गरेको बताए । निर्बाचित भएको ८ महिना सम्म पनि पारिश्रमीक नपाएको भन्दै पाँच नंबर प्रदेशले स्थानी जनप्रनिधिको तलब तोक्न सफल मन्त्री पोख्रेलले बताए । प्रदेशले जनप्रतिनिधिको पारिश्रमीकका लागि कानुन निर्माण गरेसंगै जनप्रतिनिधिलाई पारिश्रमीक पाउने बाटो खुलेको बताए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रबक्ता श्याम डाँगी र प्रेस संयोजक बसन्त विवस आचार्यले गरेका थिए । ववईको पर्यटन पबद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । २३, २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिता चल्ने संयोजक माईकलले बताए ।तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली ( माईकल)को अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रम सम्मन्न भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।