रमेश उप्रेती र किरणको डिभोर्स हुन लागेको हो त ?



काठमाडौं । नेपाली फिल्म उद्योगको एक समयको चर्चित नाम हो रमेश उप्रेती । पछिल्लो समय फिल्म अभिनयमा भने उनी त्यति सक्रिय छैनन् । तैपनि चर्चामा रहिरहन्छन् । अब फेरी उनको वैवाहिक सम्बन्धको विषयले मिडियामा स्थान जमाउन सुरु गरेको छ ।

विवाहपछि रमेश अमेरिका भासिएका थिए । पछि किरण पनि उतै गइन् । करिब एक दशक अमेरिकामा बिताएर उनीहरू नेपाल फर्केका हुन् । ५ वर्षअघि नेपाल फर्केका रमेश फेरि चलचित्र क्षेत्रमै सक्रिय भए ।  त्यसपछि होम प्रोडक्सनबाट चलचित्र ‘ऐश्वर्या’ निर्माण गरेका थिए, जसको निर्मात्री श्रीमती किरण थिइन् । 

उप्रेतीले किरण राणासँग प्रेम विवाह गरेका थिए ।  उमेरमा रमेशभन्दा किरण केही वर्ष जेठी हुन् । पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले रमेशसँग दोस्रो विवाह गरेकी थिइन् । रमेश र किरणको कुनै पनि सन्तान छैनन् ।

उनीहरू करिब ६ महिनादेखि अलग बस्दै आएको हल्ला समेत चलिरहेको छ । सामाजिक सञ्जालमा श्रीमतीप्रति माया दर्साउन रमेशले सामाजिक सञ्जालमा आफ्नो नाम ‘रमेश किरण उप्रेती’ लेख्ने गरेका अभिनेताले केही समययता किरण हटाएका छन् ।

रमेश र किरण बुढानीलकण्ठमा रहेको सीजी भिल्लामा बस्दै आएका थिए । अहिले रमेश श्रीमतीसँग अलग भएर बुढानीलकण्ठमै फ्ल्याट भाडामा लिएर बस्न थालेका छन् । किरण भने सीजी होम्समै बस्छिन् । उनीहरू अदालती डिभोर्सको प्रक्रियामा रहेको बुझिएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्