Banner First

टेकबहादुर विश्वकर्माद्वारा लिखित “विश्वकर्मा जातिको गौरवशाली इतिहास ” पुस्तक विमोचन 

By Thah Online

January 09, 2022

चितवन ।  विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमिटेडको दोस्रो साधारण सभाको अवसरमा टेकबहादुर विश्वकर्माद्वारा लिखित “विश्वकर्मा जातिको गौरवशाली इतिहास ” पुस्तक विमोचन भएको छ।

माननीय बाग्मती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको आतिथ्य साथै विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका अध्यक्ष अर्जुन रसाइली लगायत विशिष्ट ब्याक्तित्वहरुले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

करिब  साढे तीन वर्षको खोज अनुसन्धानबाट मात्र उक्त पुस्तक तयार गर्न सकिएको लेखक टेक विश्वकर्मा बताउँछन् ।विश्वकर्माको इतिहासलाई भगवान् विश्वकर्मा बाबासँग मात्र तुलना गरेर पस्किने परम्परागत शैलीलाई तत्थ परक बनाउने उद्देश्य का साथ लेखिएको दाबी गरे ।

सभ्यताको विकास नै यिनै शिल्पि जातिको सीप  र कलाबाट भएको कुरामा दुई मत छैन ।फिरन्ते जीवनबाट खेतीपातीको सुरुवात गर्दा कृषि औजारको आविष्कार गर्न होस् वा सिकारका लागि हातहतियार निर्माण गर्न वा काठका भाडा बर्तन कुदन होस वा आस्थाको जगेर्ना गर्न विभिन्न भगवानका काल्पनिक मूर्ति बनाउन  तथा त्रिशूल , धुपौरो , पाला जस्ता सामाग्री निर्माण गर्न खप्पिस वैदिक कालमा विश्वकै सृष्टिकर्ताको रूपमा पुजिने यो जाती वास्तवमै आधुनिक सभ्यताको निर्माणकर्ताको रूपमा रहेको छ ।

उनले भने यो किताब मात्र नभै समाज रूपान्तरणको लागि एउटा महत्त्वपूर्ण पाटो हो । ३५० पेजमा प्रकाशित उक्त पुस्तकले विश्वकर्माको इतिहासलाई प्रस्ट पारेको छ ।