देउखुरीको सिसहनियाँमा बस दुर्घटना : ९ महिने शिशुको मृत्यु, ९ जना घाइते



सिसहनियाँ २६ पुस । देउखुरीको सिसहनियाँमा यात्रुवाहक बस दुर्घटना भएको छ । आज बिहान ३ ः ३५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत 

जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ९ जना यात्रु घाइते भएका छन् । 
भने ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलमको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । 

मृतक शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ । बसमा सवार अन्य घाइते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका ९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् । 

अन्य घाइतेहरूमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पूर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् । 

घाइते सबैको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार रहेका थिए । भने बस अनियन्त्रित भएर २० मिटर तल गएर पल्टिएको छ । बसका चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्