आमाको सम्झनामा असहाय बिद्यार्थीलाई फलफुल



सैघाली खबर
दाङ,२४ फागुन

आमाको सम्झनामा तुलसीपुरका असहाय बालबालिकाहरुलाई फलफुल वितरण गरिएको छ । ७० बर्षको उमेरमा निधन भएकी तुलसीपुर ३ निबासी आमा दिलमाया सेजुवालको सम्झनामा छोरा, बुहारी तथा छोरीहरुले असहाय बालबालिकालाई फलफुल बितरण गरेका हुन् ।

 

छोरा भानुभक्त, खिमबहादुर , छोरीहरु निमा पुन, कमला पुन , बुहारी सुमित्रा, मुना तथा डिएल डान्स एकाडेमी तुलसीपुरका अध्यक्ष दोर्ण आचार्यले शारिरीक अपाङ्गता भएका बिद्यार्थीहरुलाई बुधबार फलफुल बितरण गरेका हुन् । तुलसीपुर ७ को माबि काला खोलामा अध्ययनरत २२ जना अपाङ्गता भएका तथा प्राबि श्रीगैका करिब एक सय सुष्त श्रवन भएका बालबालिकाहरुलाई केरा र स्याउ वितरण गरिएको हो ।

 

अशक्त, असाहयलाई सहयोग गरेर आमालाई सम्झना गरेको उनीहरुले बताएका छन् । आमा दिलमायाको यहि फागुन १४ गते उपचारका क्रममा निधन भएको थियो । आमाको चिरशान्तिको कामना गर्दै निधन भएको १० औं दिनमा अशक्त बालबालिकालाई सहयोग गरिएको छोरी निमा पुनले बताईन् ।

उनले भनिन्‘ आमाको स्वर्गमा बास होस भनी हामी छोरा, छोरी तथा बुहारीहरु मिलेर अशक्त बालबालिकालाई सम्झेका हौं ।’ माबि कालाखोलाका शिक्षक मित्र खनालले आमाको सम्झनामा अशक्त बालबालिकाहरुलाई सहयोग गर्नु सुखद कुरा भएको बताए । उनले अशक्तको सहयोग गरे मात्रै पुण्य कमाईने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्