विद्युत् सर्ट हुँदा आगलागी : कपडा गोदाम पूर्णरुपमा क्षति



दाङ । दाङको लमही स्थित एक कपडा गोदाममा आगलागी भएको छ । आगलागीबाट करिब २५ लाख बराबरको कपडा पूर्णरुपमा क्षति भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा पाैष २६ गते सोमबार अपराह्न १:३०  बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आगलागी भएको खबर पाए लगत्तै लमही नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय घटनास्थल पुगेका थिए ।

समयमै आगोलाई नियन्त्रण लिँदा वरपरका घरमा क्षति हुनबाट जोगिएको स्थानीयले बताए । गोदाममा राखेका सबै कपडा जलेर नष्ट भएको र अन्य मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शी भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्