राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वी जयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

यस्तै,  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । यसै गरी शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह पनि केही बेरमा आउने कार्यक्रम रहेको बताइएको छ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू र सबै राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्