बिपन्नलाई टिनको छानो



सैघाली खबर
दाङ,२४ फागुन

दाङका घोराही उपमहानगरपालिकाले खरका छानोमुक्त अभियान सुरु गरेको छ । घोराही उपमहानरगरपालिका वडा नं। १६ ले यो अभियान सुरु गरेको हो ।पहिलो चरणमा थारु बस्तिबाट खरको छानो मुक्ति अभियान सुरु गरिएको घोराही उपमहानरपालिका वडा नं। १६ का अध्यक्ष लक्षिण प्रसाद बुढाले जानकारी दिनुभयो ।वडा कार्यालयले ६ घरपरिवारलाई निशुल्क जस्ता पाता वितरण गरेको हो । स्थानिय ।

जीवन चौधरी, होमबहादुर चौधरी, अनुप चौधरी, बलिराम थापा, निमकुमारी नेपाली र उमा चौधरीलाई जस्तापाता वितरण गरिएको बुढाले जानकारी दिनुभयो ।जस्ता पाता पाएसंगै स्थानियहरु हर्सित बनेका थिए ।

हालसम्म वडा कार्यालयमा ४८ वटा निवेदन आएको भन्दै निवेदनको आधारमा छानो परिवर्तन गरिने पनि वडा अध्यक्ष लक्षीणप्रसाद बुढाले जानकारी दिनुभयो ।घोराही उपमहानगरपालिकाभित्रका खरका छानोहरु विस्तापित गर्न तर्फ लागिपरेको उपमहानगरपालिका कार्यालयले बताएको छ ।

वडा नम्बर १६ बाट सुरु भएको खरको छानो परिवर्तन गर्ने अभियान अन्तरगत आगामी आर्थिक वर्षमा सम्पूर्ण वडाहरुमा खरको छाना भएका घरको तंथ्यांक संकलन गरेर खरको छानो हटाएर टिनको छानो लगाउने योजनामा उपमहानगरपालिका रहेको प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ ले सुरु गरेको खरको छानो परिवर्तन गर्ने कार्यक्रम यो पहिलो हो । स्थानीय निर्वाचनदेखी प्रदेश सभा एवं प्रतिनीधी सभाको निर्वाचनका क्रममा उमेद्वारहरुले खरको छानो विस्तापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो अभियानले विपन्न परिवारमा खुसी छाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्