दिपन महिला सहकारीको नवौँ वार्षिक साधारण सभा



दाङ । महिलाहरूलाई एकितृत गर्दै आयआर्जन सँग जोडेर चर्चा कमाएको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ र ८ लाई कार्यक्षेत्र बनाएको यस संस्थाले महिलाहरूलाई आयआर्जन तर्फ उन्मुख बनाएको छ ।

संस्थाको गतिलो साथ पाएका त्यस क्षेत्रका प्राय महिलाहरू आत्म निर्भर बन्ने कुरामा दुई मत छैन । बाख्रा पालन तथा कृषि तर्फ केन्द्रित रहेको यस संस्थाले उत्पादित बस्तुहरू सहज रूपमा खरिद गरिदिँदा महिला कृषकहरूमा राहत पुगेको छ । पहिले बाख्रा बोका खसी दूध तथा तरकारी उत्पादन गरे पनि बजार नपाउँदा कृषक हरू समस्यामा थिए । तर अहिले यस संस्थाले घरघरमै पुगेर उत्पादित बस्तु खरिद गरिदिँदा महिला हरूमा थप सहज भएको हो ।

संस्थाकी अध्यक्ष पुनम घर्ती गिरीको सभाध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य सांसद रेवती रमण शर्माको प्रमुख आतिथ्य एवम् प्रदेश सांसद सरस्वती गौतम र लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले देशको समृद्धका निम्ति सहकारीको प्रमुख भूमिका रहेको बताए । आयआर्जन सँग जोडिएर आत्मनिर्भर बन्दै जाँदा देश समृद्ध बन्ने कुरामा जोड दिए ।

संस्थाले विभिन्न तह र तप्कामा रहेर उदाहरणीय कार्य गरेको भन्दै विभिन्न समूह तथा व्यक्तिहरूलाई सम्मान गरेको छ । उत्कृष्ट समूहको सम्मान पाउनेमा लमही ७ जनकपुरको सिलसिला सहयोगी समूह पहिलो, लमही ७ बन्गैको शुभ बिहानी सहयोगी समूह दोस्रो र लमही ७ हसनापुरको कोसेली सहयोगी समूह तेस्रो बनेका छन् ।

त्यस्तै उत्कृष्ट बचत गर्ने सयपत्री सहयोगी समूह लमही ७ बन्गै कि चन्द्रा रोका सम्मानित भएकी छिन भने उत्कृष्ट बाल बचतमा लमही ७ उचानिम्बुको असल सहयोगी समूहका युग भट्टराई सम्मानित भएका छन् । त्यस्तै नमुना सहयोगी समूह लमही ७ कमानपुरकी कमिनी घर्ती मगरलाई पनि संस्थाले ज्येष्ठ नागरिकको उपमा दिँदै सम्मान गरेको छ । आफ्नो कार्य क्षेत्र अन्तरगतका ३ विद्यालयका ३ जना विद्यार्थीलाई पनि संस्थाले सम्मान गरेको छ ।

सम्मानित हुने हरूमा राप्ती मावि उचानिम्बुकि आरजु चौधरी, अर्जुन आधारभूत विद्यालय हसनापुरकी विद्या चौधरी र त्रिशक्ति प्रावि कप्तानगञ्जका ईन्द्रा चौधरी छन् । त्यस्तै संस्थाले उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । जलजला सहयोगी समूह लमही ७ कमानपुरकी कृष्णा घर्ती पहिलो, कोसेली सहयोगी समूह लमही ७ हसनापुरकी कृष्णा शर्मा दोस्रो र कमलनयन सहयोगी समूह लमही ८ सतबरियाकि तुटाली चौधरीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाकी सचिव निर्मला शर्माले वार्षिक प्रगति प्रतिवेदन, व्यवस्थापक कृष्णी चौधरीले आर्थिक लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्यक्रम तथा भावी आर्थिक योजना प्रतिवेदन कोषाध्यक्ष सुनिता बुढाथोकीले प्रस्तुत गरेका हुन ।

संस्थाकी कर्मचारी निर्मला घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिका पशु शाखा प्रमुख शिवराज न्यौपाने, ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक भिमकान्त चौधरी, लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगर, सहयोग समाज नेपालका भौनाराम चौधरी लगायतका बक्ताले संस्थाको उन्नती र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाकी सेयर सदस्य रामरती चौधरीले गरेकी हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्