स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर, कसको सरुवा कहाँ ?



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय मातहातमा रहेका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । मङ्गलवार स्वातन्त्र्य विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । यसभन्दा अगाडि अस्पतालको निमित्त जिम्मेवारीको रुपमा डा. भुपेन्द्र बस्नेत रहेका थिए ।

नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । त्यसै गरी, औषधि व्यवस्था विभागमा महानिर्देशकमा भरत भट्टराईले जिम्मेवारी पाएका छन् । नारायण ढकाललाई भने औषधि प्रयोगशालाको जिम्मेवारी दिइएको छ।

राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको डा. पोखरेलले जानकारी दिए । एचआइभी एड्स नियन्त्रण केन्द्रमा डा. सञ्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । हालका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । त्यसै गरी, कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्