उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू : के-के गर्न पाइदैन ?



काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले  ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । मङ्गलवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​कडाइ गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको आदेश मङ्गलवार मध्य राति १२ बजेदेखि लागू भएको छ।

यस्तै भिडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ। यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन्।
पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ।

जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भिडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ। कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज बनाइने भएको छ।

यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्