दुर्घटना

ट्याक्टरको ठक्करबाट बिद्यार्थीको मृत्य

By Thah Online

January 12, 2022

विराटनगर। मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधवार बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो।

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटर साइकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ। मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ।