‘एनिमल’मार्फत बलिउड फिल्ममा डेब्यु गर्दै विपिन कार्की



काठमाडौँ । अभिनेता विपिन कार्कीले बलिउडमा प्रवेश गर्ने भएका छन् । नेपाली सिनेक्षेत्रमा थुप्रै सफल फिल्ममा अभिनय गरिसकेका विपिनले ‘एनिमल’ नामक फिल्ममार्फत बलिउडमा प्रवेश गर्न लागेका छन् ।

‘पशुपती प्रसाद’, ‘सेल्फी किङ्ग’, ‘प्रसाद’लगायतका निकै सफल फिल्महरूमा अभिनय गरिसकेका कार्कीलाई ‘एनिमल’को निर्माण पक्षले अभिनयका लागि प्रस्ताव गरेको हो।

एनिमलमा भारतीय कलाकारहरू अनिल कपुर, रणवीर कपुर लगायतका उत्कृष्ट अभिनय रहने जनाइएको छ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने भएका छन् । फिल्मको सुटिङ अगस्टमा हुने भनिएको छ ।

निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । विपिनको यो पहिलो बलिउड फिल्म हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्