मुख्य समाचार

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिडः डब्लूएचओ

By Thah Online

January 12, 2022

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ सङ्क्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्य एसियाली देशहरू तीव्र चापमा परेको उनले बताए ।