– सल्यानमा घर भत्कदा आमा र १८ महिने छोराको मृत्यु



दाङ १ असार ।
सल्यानमा घरको दलिन खस्दा आमा छोराको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नं। २ मा घरको दलिन मुख्य बलो० खस्दा्र २४ बर्षीया सुशीला घर्ती र उनका १८ महिनका छोरा टिकाराम घर्तीको मृत्यु भएको हो।
दोस्रो तल्लाको दलिन बीचको तल्लामा खसेको र त्यो भार थेग्न नसक्दा बीचको तल्लापनि भत्किएर भूईतल्लामा खाना बनाइ रहेका आमा छोरालाई दलिनले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
विहीवार विहान पौने ७ बजेतिर फुसको छानो युक्त घरमा त्यो फालेर टिन ९जस्ता० पाता लगाउने क्रममा माथिल्लो तल्लाको दलिन खसेर लाग्दा भान्सा कोठामा रहेका आमा छोराको घटनास्थलमै मृत्यु भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं एसएसपी ज्ञान विक्रम शाहले जानकारी दिए ।

(manisa

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्