सैघाली खबर
दाङ,२४ फागुन
पाँच नं प्रदेशका मुख्यमन्त्री शंखर पोख्रलेले कर्मचारी प्रशासनलाई चुस्त र सरल सेवाका लागी जिम्मेवार हुन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री चयन भएपछि पहिलो पटक गृहजिल्लाका सरकारी कार्यालय प्रमुखलाईहरुलाई घोराहीमा बुधवार निर्देशन दिदै मुख्यमन्त्री पोख्रलले भन्नुभयो तँपाईहरुले आफुलाई प्रविधिसंग जोड्नुस् सेवा सरल र छिटोछरितो आफै हुन्छ ।
राज्यपुनसंरचना पछि तिन तहको सरकार निर्माण भए पनि कर्मचारी प्रशासन पुरानै भएकाले अहिले अन्योलको अवस्था रहेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले जसरी संरचना परिर्वतन भए त्यसैगरि कर्मचारीहरुले पुरानो सेवा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
तीन तहका सरकार सञ्चालन गर्दा जनशक्तिको कमी होला तर थोरै मात्रै आफुलाई बदल्ने हो भने बढको कार्यबोझ कम हुने भन्दै उहाँले पहिले आफुलाई प्रविधिमैत्री बनाउन सुझाब दिए ।
‘यो प्रविधिको युग हो , आफुलाई प्रविधिसंग जोड्नुभयो भने कार्यबोझ कम हुन्छ पोख्रलले भने प्रविधिमैत्री कर्मचारी बाट नागरीकलले पनि छिटो र छरितो सेवा पाउनेछन् ।” उहाँले कार्यलय प्रमुखहरुलाई जनताका काम गर्दा भनसुन गर्नै नपर्ने प्रणली विकास गर्न सुझाव समेत दिए ।
‘निवेदन आएको कति दिनभित्र काम हुन्छ स्पष्ट विधि बनाऔ “, लामो समयसम्म फाइल पेन्डिङ राख्ने काम रोकौं मुख्यमन्त्री पोख्रेलले भने ” प्रक्रिया पुगेको भए एस गर्नुस नत्र के नपुगेको हो सुझाव दिएर सेवाग्राहीलाई पठाउने सिष्टम बसाल्नुस् ।
उनले जनाताको काम गर्दा भनसन गर्नै नपर्ने सिष्टम बसाल्न नसक्दा कर्मचारी स्वयमको दक्षतामा प्रश्न उठ्ने अवस्था आउने भन्दै राम्रो काममा लागी जोखिमको सामना गर्ने तयार हुनुपर्ने बताए ।
कतिपय समस्या कर्मचारीका पनि रहेको स्मणर गर्दै उहाँले त्यसको समाधानका लागी प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता जनाए ।”यो वर्ष कानुन निमार्णको वर्ष हुनेछ , दजनौं कानुन बनाउदैछौ मुख्यमन्त्री पोख्रलले भने तपाइहरुका पनि सुझाव भए पठाउनुस् माग्लान र दिउला भन्ने होइन ।”
चाल् आर्थिक वर्षको बाँकी समय कानुन र प्रदेशिक योजना निमार्णमा लगाउने जानकारी दिदै उनले असार पछि समृद्धीका काम सुरु गर्ने बताए । उनले असारपछि कर्मचारीका समस्या र अन्योलताको पनि समाधान हुने भन्दै ढुक्क संग काम गर्न आग्रह गरे । सो अवसरमा कर्मचारीहरुको मुख्यमन्त्री पोख्रललाई स्वागत तथा बधाई ज्ञापन गर्दै संघीयताको कार्यान्वयन गर्न कर्मचारी तयार रहेको बताएका थिए ।
कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले संघ , प्रदेश, र स्थानीय तह जहाँ पनि गएर काम गर्न कर्मचारी तयार रहेको बताए । दाङमा विकास गर्नुपर्ने क्षेत्रबारे ध्यानाकर्षण गराउदै प्रजिअ श्रेष्ठले बरु छिटो खटनपटन गरी सहजता दिलाउन मुख्यमन्त्रीलाइ आग्रह गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।