एकैदिन ३ हजार ७५ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु



काठमाडौँ । विगत एक सातादेखि नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज  देशभरमा १३ हजार ०३६ नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमा पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ, भने २७८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्