मनोरञ्जन

गायक यम बरालले गरे सुटुक्क दोस्रो बिहे

By Thah Online

January 12, 2022

काठमाडौँ। नले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मङ्सिरमा बिहे गरेका हुन् । पुर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रो पटक गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग मङ्सिरमा विवाह गरेका हुन् । बरालले गीतालाई काठमाडौँमा हालै किनको घरमा भित्र्याएका बताइएको छ । 

गीता नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छिन् । उनीहरूले यही मङ्सिरमा विवाह गरेका खबर बाहिरिए पनि बरालले भने दोस्रो बिहे गरेको कुरा स्वीकारेका छैनन् । 

गीता काँग्रेसको १४औँ महाधिवेशनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । उनी पराजित भएकी हुन् ।