पञ्चायत’को टोली चितवनमा



सैघाली खबर,
चितवन, २४ फागुन ।– प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पञ्चायत’को निर्माण टोली यतिबेला प्रचार–प्रसारका क्रममा चितवन आइपुगेको छ । ‘पञ्चायत’ टिमले बुधबार चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी गराएको हो चलचित्र ‘पञ्चायत’ पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको कलाकार नायक सरोज खनालले बताउनुभयो । नेपालको इतिहास झल्काउने चलचित्र भएकोले चलचित्रको कथामा मौलिकपन र आफ्नोपन भएको उहाँले बताउनुभयो ।

नायिका निता ढुंगानाले चलचित्र ‘पञ्चायत’ ऐतिहासिक चलचित्र बनेको भन्दै दर्शकले मन पराउने कुरामा आफू ढुक्क भएको बताउनुभयो । चलचित्र पत्रकार तथा चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले चलचित्रको कथावस्तु उत्कृष्ट लागेकाले लगानी गरेको प्रतिक्रिया दिनुभयो । चलचित्र आगामी चैत २ गतेदेखि प्रदर्शन हुँदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्