बन्दको प्रचार गर्दै हिँडेका गुरुङ समातिए



सैघाली खबर,
काठमाडौं २४ फागुन, । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।

 

उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।

दिएको जानकारी अनुसार फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

उनीमाथि थप अनुसन्धान थालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्