टप फिचर

एकैदिन ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि

By Thaha - Online

January 17, 2022

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७  र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४७ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसै गरी आज तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ८८७ सक्रिय सङ्क्रमित छन् ।