प्रदेश ५

नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरद्वारा लगभग चार हजार व्यक्ति लाभान्वित

By Thaha - Online

January 18, 2022

कृष्णनगर  l  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा सञ्चालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर स्थापना भएको  एक वर्ष नपुग्दै करिब चार हजार जना बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् l

नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरबाट जटिल रोगहरू, गैस्ट्रिक ( उदर रोग), मधुमेह, रक्तचाप, वातव्याधी, अर्स, स्तनपाइ महिला, ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण, प्रदर रोगी ( धातु सम्बन्धित समस्या), शुक्र अल्पता लगायत छालाका रोगीहरू यस नागरिक आरोग्य सेवा केन्द्र बाट उपचार तथा परामर्श पाएका छन् l

हाल नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट पञ्चकर्म का पूर्व कर्म (स्नेहन स्वयदन) सञ्चालन भैसकेको बाथ सम्बन्धी रोगी लाई समेत पञ्चकर्म सेवा द्वारा चिकित्सा सम्पादन भइरहेको छ l

यस केन्द्र बाट नियमित विद्यालय आयुर्वेद योग शिक्षा कार्यक्रम, जीवनशैली परिवर्तनका सामुदायिक स्वास्थ्य प्रवर्धन कार्यक्रम यस नगरपालिकामा सञ्चालन रहेको लगायत सम्पूर्ण जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज डा. नागेश्वर मिश्र ले दिनुभयो l

नागरिक आरोग्य सेवा केन्द्र ले स्थापना काल देखि जनता समक्ष पुर्‍याएको सेवा सराहनीय रहेको जिल्ला बाट पाएको प्रशंसा पत्रले पुष्टि गरेको बताउँदै,  नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रही यस केन्द्रमा औषधि लगायत अन्य पूर्वाधार प्रवाह गरी नागरिक आरोग्य सेवा केन्द्र बाट अझ प्रभावकारी सेवा सुविधा सञ्चालन हुने विश्वास कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले व्यक्त गर्नुभयोl