जनयुद्धको एजेण्डाबाट भागेकाहरुले क्रान्तिकारीमाथी दमन गर्न खोजेका छनः सिपी गजुरेल



काठमाण्डौ

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले जनयुद्धको एजेण्डाबाट भागेर जनताको नजरमा गनाएकाहरुले क्रान्तिकारीहरुमाथी दमन गर्न खोजेको बताएका छन ।

प्रचण्ड र  भर्खर मात्र गृहमन्त्री बनेका बादलप्रति  इंगित गर्दै  उनले यस्तो धारणा राखेका हुन ।

१०८ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा काठमाण्डौमा भएको एक कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेता गजुरेलले यस्तो बताएका हुन ।

सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टाीका अन्तराष्टिय विभाग सदस्य टेकब

हादुर केसी आजाादले जसलाई आफुहरुले जनयुद्धमा कमाण्डर बनाइयो उसैले आज जनतामाथी दमन गरिरहेको भन्दै अधिकार खोस्नकालागि गरिएको दमनको पर्तिरोध गर्न सबै उत्पीडित महिला लगाएत सबै एकजुट हुनुपर्ने बताए ।

जनअकिार अभियानका केन्दिय सदस्य सरला रेग्मीले गणतन्त्रले महिला अधिकार खोस्ने खतरा रहेको भन्दै सशक्ततरिकाले लाग्नु पर्ने धारणा राखिन ।

प्रत्यक वर्ष ८ मार्च अर्थात आजकै दिन संसारभर अन्तराष्टिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्