गायक जीतेश थापा र मेलिना मैनालीको `ओइ साइली´ बोलको गीत सार्वजनिक ( भिडियो )



काठमाडौँ । गायक जीतेश थापा र मेलिना मैनालीको आवाजमा सुसज्जित `ओइ साइली´ बोलको गीत सार्वजनिक भएको छ । युवा गीतकार रोहित विष्टको लय तथा शब्दमा तयार भएको सो गीत सोमबार म्युजिक दरबार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा आर्थिक रूपले धनी गरिब जे जस्तो भए पनि साँचो प्रेम गर्नेहरूको माया एक दिन अवश्य सफल हुन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ । माया भनेको संसारको जो सुकै मान्छेलाई नभई नहुने कुरा हो, जसले चोखो माया गर्छ उसले कहिले पनि धनी,गरिब,जात,धर्म केही पनि हेर्दैन भन्ने कुरामा गीतकार रोहित विष्टले आफ्नो मनको भाव गीत मार्फत पोखेका हुन् ।

ओइ साइली गीतको एरेन्ज तथा मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन् भने गीतको निर्देशन रायन आचार्यले गरेका छन् । यस्तै सो गीतमा रायन आचार्य,ज्योति पाण्डे,रोहित बिष्ट,साइसा केसी,आरध्या आर.एल.डिसि,एल्भिन आचार्य र रुपेन्द्र बरधोज थापालाई देख्न सकिन्छ । गीतको  छायाङ्कनमा आयुश जोशी र भिडियो सम्पादन तथा भिडियोमा कलर मनोज कार्कीले भरेका छन् ।

केही समय अघाडी मनकी रानी बोलको गीत दर्शक सामु पस्केको उक्त टिमले नयाँ गीत ओइ साइँलीलाई सार्वजनिक गर्दै दर्शकहरूलाई भिडियो हेरेर प्रतिक्रिया दिनहुन्न समेत आग्रह गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्