दिपक बोहरा,
तुलसीपुर २४ फागुन ।
नीति निर्माण तहमा महिलाको सहभागिता बढाउनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । १०८ औं श्रमीक महिला दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले नीति, निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता गराउनु पर्ने बताएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य शुजिता शाक्यले महिला श्रमिकहरु सरह ज्याला पाउने ब्यबस्था मिलाउन पहला थाल्ने बताईन् । उनले महिलाहरुलाई आफै आयआर्जन गर्न सक्ने वातावरवण मिलाउन सक्ने हो भने पनि महिला हिंसा न्यूनिकरण गर्न सकिने तर्क गरिन् ।‘महिलाहरु आफै काम गरेर आम्दानी गर्न सक्ने अबस्था बनाउन पहल गर्न आबश्यक छ ’ उनले भनिन्‘ आफै आम्दानी गर्न सक्ने भयो भने महिला , पुरुषबीचको बिभेद न्यूनिकरण हुन्छ ।’ महिलाहरु पनि सीप र क्षमतामा दक्ष हुन आबश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरलाई महिला मैत्री बनाउने प्रतिबद्धता जनाए । उपमहानगरलाई महिला मैत्री बनाउन ‘हामी भन्छौं महिला पहिला, आसन, भाषण र शासनमा’ अभियानको शुरुवात गरेको बताए । उक्त अभियान निरन्तर पाँच बर्ष सम्म चल्ने उनको भनाई थियो । उनले महिलाहरुलाई आर्थिक शशक्तिकरण बनाए मात्रै लंगिक समानता हुने तर्क गरे । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, काग्रेस दाङका सदस्य देवा डाँगी, गैरसरकारी महासंघ दाङका कार्यबहाक अध्यक्ष नानुमैया केसी, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य कबिता जिसी, मानबअधिकारकर्मी निर्मल नेपाली, पत्रकार नारायणी रजौरे, महिला अधिकारकर्मी शुष्मा लामिछाने, सीमा न्यौपाने, क्षेत्रीय सम्बाद समुह तुलसीपुरका सहजकर्ता शुसिल बस्नेतलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । युवा कराराले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य जानका रेग्मीले गरेकी थिईन् । साथै दिवसका अबशरमा महिला हिंसा न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
((

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।