एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन, कहाँ को अध्यक्ष ? (सूची)



काठमाडौं। एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ । मङ्गलवार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड सङ्क्रमण कम भएपछि गर्ने जानकारी दिएको छ ।

एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड-१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।

विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पछि आयोजना गर्ने निर्णय भएको छ। एमालेका अनुसार जिल्ला कमिटीसरहका सम्पर्क कमिटीहरूमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्