उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी : अब के गर्न पाइने, के नपाइने ?



काठमाडौं । कोभिड-१९ सङ्क्रमण रोकथाम गर्न काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी आदेश जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले मङ्गलवार २७ बुँदे आदेश जारी गरेको हो ।

प्रशासनले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् ।  ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मङ्गलवार जारी गरेको आदेशमा भनिएको छ ।

आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, भेला सञ्चालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्म हलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने उल्लेख छ । यसबाहेक माघ १५ गतेसम्मका लागि सिनेमा हल, दोहोरी साँझ, डान्स बार, नाचघर, क्लब, जिम खानाजस्ता ठाउँहरू प्रशासनले बन्द गर्न आदेश दिएको छ।  भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्य मापदण्ड पालना गरी २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ।

उपत्यकाका धार्मिक स्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको छ । कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्