मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा चढ्न नपाउने



काठमाडौं । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले  उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो ।  सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक सेनिटाइजरको व्यवस्था गर्न आदेशमा भनिएको छ। 

त्यस्तै कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ। त्यस्तै मास्क नलागाई आउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिन पनि आदेशमा भनिएको छ ।

माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने बताइएको छ । माघ ७ गते पश्चात त्यस्ता कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई उपस्थित हुन पाउने आदेशमा उल्लेख छ ।

यसबाहेक माघ १५ गतेसम्मका लागि सिनेमा हल, दोहोरी साँझ, डान्स बार, नाचघर, क्लब, जिम खानाजस्ता ठाउँहरू प्रशासनले बन्द गर्न आदेश दिएको छ।  भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्य मापदण्ड पालना गरी २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ । फाइलतस्बिर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्