एमालेप्रति जनताको आकर्षण छ ः केन्द्रीय सदस्य पाण्डे



तुलसीपुर  । नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले नेकपा एमाले प्रति जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका– ७ नम्बर वडा कमिटीको आयोजना मोतीपुरमा भएको टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

एमालेको नेतृत्वमा बनेका सरकारले ल्याएका सामाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम र विकासका कारण अन्य पार्टी छोडेर आउनेको लहर बढ्दै जानु महोत्सवपूर्ण उपलब्धि भएको पाण्डेले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख समेत रहनु भएका पाण्डेले नेपाली काँग्रेस पार्टी परित्याग गरेर एमालेमा आउनु भएका काँग्रेसका नगर सदस्य हरि चौधरीलाई बधाई दिँदै पार्टीलाई बलियो बनाउनका लागि काममा लाग्न आग्रह गर्नुभयो ।

हामी हरेक नागरिकलाई सम्मान गर्छौ । चाहे त्यो हलो जोत्ने होस । चाहे त्यो श्रम गर्ने होस । चाहे त्यो व्यवसायी होस । चाहे त्यो जुनसुकै काम गर्ने किन नहोस् । हामी सबैलाई समान रूपले सम्मान गछौं । त्यो एमालेको विशेषता हो ।’ केन्द्रीय सदस्य पाण्डेले भन्नुभयो ।

वडा कमिटी अध्यक्ष खगेश्वर पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा एमाले दाबका अध्यक्ष हुकुम बहादुर बस्नेत, उपसचिव कृष्ण भुसाल, जिल्ला सदस्यद्धोय टोपबहादुर घर्ती, डिल्ली भण्डारी लगायतले बोल्नु भएको थियो कार्यक्रमको सहजी करण तेज प्रसाद पोखरेलले गर्नुभएको थियो ।

सो अवसरमा कालुराम चौधरीको अध्यक्षतामा १७ सदस्य टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम चौधरी,सचिव मनविर चौधरी र सहसचिवमा मोहन चौधरी र सुर्य चौधरी रहनुभएको छ । सो अवसरमा नेपाली काँग्रेसका नगर सदस्य हरि चौधरीको नेतृत्वमा १९ जना पाटी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्