राप्ती गाउँपालिकामा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिँदै, एकै दिन १६ जनामा सङ्क्रमण पुष्टि



भालुवाङ । राप्ती गाउँपालिकामा कोरोना संक्रमणदर समुदाय स्तरमा व्यापक रूपमा फैलिँदै जान थालेको छ । यसै क्रममा मङ्गलवार राप्ती गाउँपालिकाको २ वटा स्वास्थ्य संस्थामा २० जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रस्तावित भालुवाङ अस्पतालमा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ११ जना र सिसहनियाँ स्वास्थ्य चौकीमा ६ जनामा गरेको परीक्षणमा ५ जनामा सङ्क्रमण पुष्टि भएको प्रस्तावित भालुवाङ अस्पतालका सिनियर अहेव तथा कोरोना फोकल पर्सन भुवन भण्डारीले जानकारी दिएका छन् । 

मानिसहरूको लापरबाहीका कारण सङ्क्रमण तीव्र गतिमा फैलिरहेको फोल पसर्न भण्डारीले जानकारी दिएका छन् । कोरोना संक्रमणदर समुदाय स्तरमा फैलिन थालेपछि भालुवाङ अस्पताले बुधवार देखि कोरोनाका लक्षण देखिएका बिरामी र सामान्य अवस्थाका बिरामीहरूलाई छुट्टा छुट्टै फिवर क्लिनीक सञ्चालन गरी स्वास्थ्य परिक्षणको दायरा बढाउन लागेको फोकल पर्सन भण्डारीले जानकारी दिएका छन् । 

कोरोना सङ्क्रमितहरू अहिले सबै सामान्य अवस्थाको रहेकोले होम आइसोलेसनमा बसेका छन् । यसै बिच स्वास्थ्यकर्मीहरुले कोरोनाबाट सुरक्षित रहन सबै नागरिकहरूलाई अनिवार्य मास्क प्रयोग गर्न, समय समयमा सावुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजान र राजनीतिक दल, संघसंस्थाहरुलाई कुनै पनि प्रकारको कार्यक्रम नगर्न आग्रह समेत रहेका छन् । यदि कसैलाई रुघाखोकी, ज्वरो आएको छ वा कोरोनाको शङ्का लागेको भए स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव समेत दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्