युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी 



राजिपुर ।  युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आज एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीमा १३ बर्से सावधिक जीवन बिमा योजना गराउनुभएकी मंगली देबि धामीको  आन्द्रामा क्यान्सरको समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएपछि उहाँका छोरा टेक बहादुर धामीलाई आज एक कार्यक्रम कम्पनीका प्रदेश प्रमुख चन्द्र बोहराले २ लाख ६६ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

दाबी भुक्तानी कार्यक्रममा चेक हस्तान्तरण पछि प्रदेश प्रमुख बोहराले बिमा जोखिम बहनको एक भरपर्दो माध्यम भएकोले सबैको जीवन बिमा आवश्यक रहेको बताउनुभयो । उहाँले बिमाका धेरै फाइदा रहेको र त्यसबारे नागरिकलाई जानकारी गराउँदै जानुपर्ने  धारणा व्यक्त गर्नुभयो । बिमाले व्यक्ति फर्काउन त सक्दैन तर परिवारमा रहेको आर्थिक जोखिमलाई कम गर्ने बोहराको धारणा रहेको छ । 

चेक बुझ्दै छोरा टेक बहादुरले भन्नुभयो “आमाले  युनियन लाइफ इन्स्योरेन्सको  मसुरिया शाखा मार्फत २ लाख ५० हजार बराबरको सावधिक जीवन बिमा गराउनु भएको आफ्नी आमाले दुई किस्ता बापतको रकम ४३,५३२ रुपैयाँ भुक्तानी गर्नुभएको थियो,आमा त रहनुभएन तर परिवारलाई आर्थिक जोखिम बहन गर्ने काम बिमा कम्पनीले गर्यो यसको लागि युनियन लाइफ इन्स्योरेन्सलाई धेरै धेरै धन्यवाद । ”

“बिमा कम्पनीले मानिसलाई धेरै समय झुल्क्याउन भन्ने हल्ला सुनेको थिए तर युनियन लाइफ इन्स्योरेन्सले सहजै रूपमा आफ्नो दाबी भुक्तानी गरेपछि इन्स्योरेन्स प्रति आफ्नो विश्वास अग्लिएको टेक बहादुरले बताउनुभयो । बोहराले यति सहजैरुपमा सरल तरिकाले काम गरिदिने मसुरिया शाखा प्रमुख माया बम तथा कार्यालय प्रति आभारी रहेको बताउनुभयो । 

कम्पनीका मसुरिया शाखा प्रमुख माया बमले आफूहरू बिमितको समस्यालाई चाँडो भन्दा चाँडो समाधान गर्न लागिपर्ने बताउनुभयो । मानिसले आर्थिक जोखिम बहन कम गर्न लाई नै गर्ने भएका कारण उहाहरुको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न कम्पनीको प्रमुखपुरमा ध्यान रहेको बताउनुभयो ।  

आज भएको दाबी भुक्तानी कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स प्रदेश प्रमुख चन्द्र बोहरा ,उप प्रमुख देवराज पन्त ,मसुरिया शाखा  प्रमुख माया बम ,वडा नम्बर ४ का वडा सदस्य टेकराज ढुङ्गाना तथा अधिकर्ता गौरा धामी बोहरा लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्