गायिका अञ्जु पन्तको स्वरमा ‘दिल दिल’ बोल रहेको गीतको सार्वजनिक ( भिडियो )



काठमाडौँ । सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरले सुसज्जित ‘दिल दिल’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा लक्ष्मण पोखरेलको शब्द सङ्गीत, मनोज चौलागाईँको सङ्गीत संयोजन किशोर थापाको मिक्सिङ मासटरिङ्ग रहेको छ ।

जतिन ताम्राकार र मल्लिका राजोपाध्याय अभिनित भिडियोलाई दिल्प समनले निर्देशन तथा सम्पादन गरेका हुन ।

भिडियोमा शङ्कर देव घिमिरेको छांयाकन, राम विकको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई एसियन म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्