नेपाललाई पहिलो सफलता



सैघाली खबर
काठमाण्डौ , २४ फागुन । आईसीसी विश्वकप छनोट क्रिकेटमा स्टकल्याण्डको पहिलो विकेट पतन भएको छ । नेपालका लागि सन्दीप लामिमछानेले विकेट लिएका हुन् ।

सन्दीपले माथेव क्रसलाई १४ रनमा आउट गराएका हुन् । अहिले स्कटल्याण्डको ९।३ ओभरमा ३४ र भएको छ ।

नेपालले पहिले टस जितेर ब्याटिङ गर्दै ४७।४ ओभरमा सबै विकेटको क्षतिमा नेपालले १४९ रन बनाएपछि स्कटल्याण्डले सामान्य चुनौति पाएको हो ।

 

नेपालका लागि कप्तान पारस खड्काले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पारसले ९ चौका प्रहार गरे ।

त्यस्तै, नेपालका लागि बसन्त रेग्मीले अविजित २४ रन बनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्