एकै दिन ११ हजार ३५२ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा २३ हजार ४०९ नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, आज चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२८  पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४७ हजार ९२९ सक्रिय सङ्क्रमित छन् । यस्तै, काठमाडौँमा ४ हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १,०१९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्