सडक,शिक्षा ,स्वास्थ्य क्षेत्र लाई विकसित बनाउँदै जाने:- नगर प्रमुख शाह



कृष्ण नगर, कपिलवस्तु  l  कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले नगरपालिका भित्र सञ्चालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयो l

कृष्ण नगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन पुल, कृष्ण नगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाउँमा कार्यसमपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयोl

उक्त योजनाहरू नगरपालिकाको पहल तथा केही योजना मा नगरपालिकाको लगानी रहेको तथा प्रदेश स्तरीय योजना र जिल्ला समन्वय समितिको लगानी का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् l

 कृष्ण नगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगायतका गाउँ पडिएकाले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउँदै जाने बताउँदै नगरभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश र सङ्घीय सरकार बाट ल्याउने तथा नगर को बजेटबाट हुन सक्ने विकास गर्न आफू सधैँ लागिरहने बताउनुभयोl

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्