बुद्ध एयर अवतरण हुन नसकेपछि ४० मिनेट आकाशमै, जहाज भित्रै यात्रु बेहोस



काठमाडौँ  । बिहीबार बिहान काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाजमा एक महिला बेहोस भएकी छन् । 

निर्धारित समयभन्दा झन्डै पौने घण्टापछि नेपालगञ्ज विमानस्थलमा अवतरण भएको जहाजमा सवार एक महिला बेहोस भएकी हुन् । उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

मौसमका कारण जहाज केही बेर आकाशमा होल्ड भएपछि महिला आत्तिएर बेहोस भएको जनाइएको छ । बेहोस हुने महिलाको पहिचान खुलाइएको छैन।हाल महिलाको अवस्थामा सामान्य रहेको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्