भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र ३ लाख रुपैयाँ जरिवाना



काठमाडौँ ।  भिजिट भिसामा युएई गएर रोजगारी गर्ने विदेशी नागरिकलाई जेल र जरिवाना दुवै सजाय हुने भएको छ । 

श्रम स्वीकृति बिना युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नलिएरै भिजिट भिसामा रोजगारी गर्ने विदेशी नागरिकलाई ३ महिना जेल र १० हजार दिराम अर्थात(३ लाख रुपैयाँ) जरिबाना गरिने ‘दुबई सार्वजनिक अभियोजन’ले ट्वीटरमार्फत जानकारी गराएको छ । 

दुबई पब्लिक प्रोसिक्युसनलाई उदृत गर्दै गल्फ न्युजका अनुसार युएईमा विदेशी नागरिकहरूले बिना ‘वर्क परमिट’ काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो। यसबाहेक अदालतले देश निकालाको आदेश पनि हुन सक्ने समाचारमा जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्