भौतिक पूर्वाधारमन्त्री यादवले दिइन् सीके राउतलाई ज्यान मार्ने ध’म्की



रौतहट । जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई ज्यान मार्ने ध’म्की दिएकी छन् । 

बिहीबार बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवले अध्यक्ष राउतलाई आफूहरूसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।

मन्त्री यादवलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी मन्त्री यादवले रास मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।

विसं ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टै छुट्टै कार्यक्रम राखेका थिए । त्यस क्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

सम्बोधनमा उनले भनिन्  हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ। जुन गौरको रास मिलमा भएको थियो। त्यो इतिहासलाई राउतले नभुलुन्। नत्र तपाईँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हत्या हुन्छ। सतर्क रहनुस्।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्